
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताएका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा अनुगमनका लागि पुगेका अध्यक्ष दाहालले यस्तो घोषणा गरेका हुन् ।
उनले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने उल्लेख गरे।
अध्यष दाहालले पार्टीका माइन्युटहरु बँचेको र पुस्ताकालय बँच्नु राम्रो पक्ष भएको बताएका छन्।
उनले भने, ‘पार्टी काार्यलयका सबै कोठाहरुको अवलोकन हामीले गर्यौँ । निकै ठूलो क्षति भएको देख्यौँ । पार्टीका माइन्युटहरु बँचेको भन्ने सुनेँ, त्यसको लागि यहाँ काम गर्ने साथीहरुलाई धन्यवाद छ । केही कम्प्युटर, लाइबेरी र केही रेकर्डहरु बँचेको रहेछ, त्यो बचाउन भुमिका खेल्नेहरुलाई पनि धन्यवाद । क्षति त पुग्यो तर अब पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइनेछ ।’
जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।