images
images

पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिमा अघि नसारौ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताएका छन् ।

बुधवार संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने भन्दै देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताए ।

त्यस्तै, कांग्रेस सांसद अर्जुननरसिंह केसीले नेपाली कांग्रेसको उम्मेदवार राष्ट्रपति हुनु राष्ट्रिय हीतको दृष्टिले अनिवार्य भएको बताए । उनले कांग्रेसको राष्ट्रपति भएमा सबैप्रकारका शक्तिहरुको संयोजन गर्न सक्ने उल्लेख गरे ।

सांसद केसीले कांग्रेसको राष्ट्रपति हुने पर्याप्त वातावरण बनेको दाबी गरे ।