काठमाडौं । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले लगाएको करविरुद्ध क्यानडाले धेरै प्रतिक्रिया दिने काम बन्द नगरे थप कर लगाउने धम्की दिएका छन् ।
बीबीसीका अनुसार फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले क्यानाडाले अमेरिकाले लगाएका ट्यारिफको जवाफमा प्रतिक्रिया दिएको खण्डमा क्यानाडामाथि थप ट्यारिफ लगाइने धम्की दिएका हुन् ।
उनले उत्तरी छिमेकी राष्ट्रहरूले लामो समयसम्म अमेरिकाको अपमान गरेका आरोप पनि लगाएका छन् । क्यानडाका मानिसहरूलाई माया गरेपनि त्यँहाका नेतासँग आफू सहमत नरहेको ट्रम्पको भनाइ छ ।
ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाएका थिए । यसको जवाफमा क्यानडाले पनि अमेरिकी सामग्रीमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो ।
यता, ट्रम्पले युरोपियन युनियन ईयूमाथि पनि कर लगाउने चेतावनी छन् । युरोपियन युनियनले अमेरिकाबाट फाइदा उठाएको ट्रम्पको आरोप छ । युरोपियन युनियनमाथि कर लगाउने समयसीमाबारे भने ट्रम्पले धेरै छिटो भनेपनि एकिन समय तोकेका छैनन् ।