images

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् ।

सोमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई छनोट गरेको हो ।

संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छन् । राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिएका हुन् । प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उनले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मौका पाउनेछन् ।

राउतसँग अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा विशेष गरी देवानी, फौजदारी, संवैधानिक मुद्दा र रिटमा विशेषज्ञता छ ।