images

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुन ३० गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ।

सोमबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गरिएको जानकारी दिएका हुन् । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धनबाट सत्ता यात्रा अघि बढाएका थिए।
संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी छ ।