images

प्रधानमन्त्रीले बहानाबाजी गरेर गठबन्धन भत्काएः डा.महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कपोलकल्पित र आधारहीन आरोप लगाएर प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेको पुनः आरोप लगाएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र जनताले दिएको ‘म्यान्डेट’ लत्याएको आरोप लगाएका हुन् । उनले यस विषयमा पार्टीको कार्यसम्पादन र संसदीय दलको बैठक बसेर गठबन्धन बदल्ने निर्णय बेइमानी र विश्वासघात भएको निष्कर्ष निकालिसकेको जानकारी दिएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले संसद्को रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्री प्रचण्डले लगाएको आरोप कपोकल्पित र बहानाबाजीभन्दा केही नभएको जिकिर गरेका छन्।

“उहाँले सदनमा बोल्दा हाम्रो पार्टीको महासमिति बैठकमा प्रस्तुत भएको धारणा र उल्लेख भएको विषय, कोसीका कुरा आदि इत्यादि उल्लेख गर्नुभयो । म एभरेज उपलब्धिमा सन्तुष्ट छैन, माथि उपलब्धि हासिल गर्न चाहन्थेँ भन्नुभएको छ, यसमा पनि आधार छैन । बहानाबाजी थियो,” उनले भने ।