
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न लागेका छन् ।
ओलीले आइतबार दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
यसअघि ओलीले लुम्बिनी र कर्णाली प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए।