images

प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले आजै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली शनिवार स्वदेश आइपुग्ने तालिका रहेको छ ।