काठमाडौं । प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगितामा सोमबार कर्णालीले लुम्बिनीसँग खेल्दैछ । सुदूर पहिलो खेलमा एपिएफसँग ९ विकेटले हार्दा लुम्बिनीमाथि ९ विकेटको जित हात पारेको थियो । ८ टोली सहभागी प्रतियोगितामा शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।
आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले छिमेकी टोली कर्णाली प्रदेशमाथि ८१ रनको फराकिलो जित हात पारेको थियो । कर्णालीले लगातार तेस्रो हारको सामना गर्दा सुदूरको भने यो दोस्रो जित हो ।
जितको लागि १ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो । कर्णालीको लागि तृर्सना विश्वकर्माले ३५ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाइन् । अन्जु गुरुङ र रश्मी खड्काले १०–१० रन बनाए । अन्य कर्णालीका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरको लागि कप्तान ऋतु कनौजियाले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् । बायाँ हाते तीव्र गतिकी बलर जानकी थापाले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् । कविता जोशीले दुई र मनिषा चौधरीले एक विकेट लिइन् ।कर्णाली पहिलो खेलमा कोशीसँग १० विकेट र गण्डकीसँग ४४ रनले हारेको थियो ।