images

प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन: भाषण होइन काम गर्नुस्

काठमाडौं । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई  काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।

मङ्गलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो ।

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषण भन्दा पनि काम गर्न आग्रह गरेकी छन् । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानुन जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन ।

सभापति पन्तले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको जिकिर गरिन् । उनले संसदीय समितिहरूको पनि कानुन बनाउने तर कार्यान्वयन भए÷नभएको निगरानी नगर्ने कमजोरी रहेको बताएकी छन् ।

उनले भनिन्,‘कृषिमा आधारित उद्योगहरू बढाउने विषयमा कमजोर भयौँ । कृषि र उद्योग मन्त्रालयको समन्वयमार्फत लगानीको वातावरण बनाउनु पर्यो । सरकारले उद्योगमा लगानीमैत्री वातावरण बनाउन सक्नुपर्छ । प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरूलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस् । प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस् अहिले काम गर्नुस् । काम गरेपछि बोलेको भन्दा बढी हुन्छ । जनता मन्त्रीहरूको भाषण सुनेर दिक्क भएका छन् । समितिहरूका कमजोरीहरू पनि छन् । विधायीकी भूमिकामा बस्नेहरूको पनि निगरानी पुगेन । प्रधानमन्त्रीले बोलेको कुरा कानुन हो । धेरै बोलेर के अर्थ हुन्छ । बोल्नु भएन काम गर्नुपर्यो ।’

उनले सरकारले कृषिमा आधारित उद्योगहरू बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गरेकी छन् ।