images

फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्छौँः रवि

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने दावी गरेका छन् ।

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने उल्लेख गरे ।

‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने ।

गृहमन्त्री लामिछानेले आफ्नो जीबी राईसँग कुनै सम्बन्ध नरहेको पनि प्रष्ठ पारेका छन्। ग्यालेक्सी टेलिभिजनमा जीबी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए । उनले आफूलाई अनावश्यक रुपमा जीबी राईसँग जोडिएको पनि गुनासो गरे ।

‘जीबी राई जीबी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेभिजिनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहिँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने ।