images

बझाङमा भूकम्प गएको पाँचौ दिनमा पनि शक्तिशाली पराकम्प, शनिवार ५.३ रेक्टरको कम्पन

काठमाडौं । बझाङमा भूकम्प गएको पाँचौ दिनसम्म पनि लगातार शक्तिशाली पराकम्प गइरहेका छन् ।

यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम अहिलेसम्म पनि जारी रहेको स्थानीयहरुले बताएका छन् ।

शनिवार बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लाका व्यक्तिगत घर र सार्वजनिक भवनहरूमा क्षति भएको छ ।

१६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् । यो सबैभन्दा ठूलो पराकम्प हो ।

भूकम्प पिडितको अवस्था बुझ्न शुक्रवार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुगेका थिए । त्यस अघि रास्वपा सभापति रवि लामिछाने बझाङ पुगेका थिए ।