images

बागमती प्रदेश सरकारले आज पूर्णता पाउने, ८ मन्त्री नियुक्त हुदैं

काठमाडौं । बागमती प्रदेश सरकारलाई आज पूर्णता दिइने भएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको ३ सदस्यीय मन्त्रिपरिषद्मा आज थप ८ मन्त्री नियुक्त हुनेछन् । नवनियुक्त मन्त्रीहरूको आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने तय भएको छ ।

मन्त्रिपरिषद्लाई आज पूर्णता दिने भनिए पनि सत्ता गठबन्धन दलहरू बीच भागबन्डा विवाद भने अझै मिल्न सकेको छैन । भागबन्डा मिलाउन गठबन्धन दलहरू बीच मङ्गलवार रातिभर भएको छलफलबाट ठोस निष्कर्ष ननिस्किँदा थप समस्या भएको हो ।

नेकपा एमालेले ५, माओवादीले ४ र राप्रपाले २ वटा मन्त्रालय लिने भनिए पनि राप्रपाले असहमति जनाइरहेको छ । राप्रपाले थप एक मन्त्रालय दाबी गरिरहेको छ । हाम्रो नेपाली पार्टीले सरकारमा सहभागी हुन खोजे पनि सत्तारुढ ठुला दलले बेवास्ता गरेको जनाएको छ ।

सरकारलाई समर्थन दिएका दुई दलहरुलाई गठबन्धनबाट हटाउँदा समेत भागबन्डामा समस्या देखिएको हो । गत पुस २५ गते सरकारको मुख्यमन्त्रीमा दाबी गर्दा हाम्रो नेपाली पार्टी र नेकपा एकीकृत समाजवादीले समेत जम्कट्टेललाई समर्थन दिएका थिए ।