पर्सा । चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामल आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा तीन अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा धान आयात ६०.२८ प्रतिशतले बढेको छ। साथै राजस्व संकलनको आधार पनि १४५.२३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो। चालु आवको पाँच महिनामा९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार ५४० किलोग्राम चामल आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४.१२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० .८८ प्रतिशतले वृद्धि भएको छ।