images

ब्याजदर सम्बन्धी समस्या समाधानका लागि प्रधानमन्त्रीको पहल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर,अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गरेका हुन् । उनले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल गरे ।

पछिल्लो समय लघुवित्त,सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थालेका हुन् ।

बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन् । यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ ।

बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरु समेत सडक आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री दाहालले यी नै विषयमा सरोकारबालाहरुसँग छलफल शुरु गरेका हुन् ।