
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग पाँच दिनको प्रयासपछि एकतर्फी सञ्चालन भएको छ ।
दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चटौतले जानकारी दिए ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोला सडकखण्ड पाँच दिनदेखि अवरुद्ध थियो ।
सडक एकतर्फी सञ्चालन भए पनि दोहोरो यातायात भने यो बर्खा याममा खुलाउन कठिन हुने चटौतले बताए ।