images

मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी भएको छ । राष्‍ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबिच भेटवार्ता भए लगत्तै मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका आनुसार राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको हो । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुनसम्बन्धी जटिलता फुकाएका छ । निर्वाचन मिति तोकिसकेपछि कानुनमा नयाँ मतदाताको नाम समावेश गर्न नपाइने प्रावधान थियो ।
मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) मा निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने उल्लेख छ । उक्त प्रावधान सच्याउन अध्यादेश ल्याइएको हो ।