
जनकपुर । मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिइको छ । बुधबार कांग्रेसको प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेका हो ।
कांग्रेस संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । यसअघि जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सहितको पत्र प्रदेश प्रमुखको कार्यालय र प्रदेशसभा सचिवालयमा जानकारी गराइसकेको छ । कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सिंह नेतृत्वको जनमत पार्टीको सरकार अल्पमतमा परेको छ ।
कुल १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल नेपाली कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) का ९, नेकपा (एकीकृत समाजवादी) का ७, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको तिनै–तिनै १–१ सिट छन् ।
सिंह नेतृत्वको सरकार नेपाली कांग्रेस, एमाले, लोसपा र जनमत पार्टीको समर्थनमा बनेको थियो । सुरूमा उनलाई ६९ सांसदको समर्थन रहेको भए पनि कांग्रेसले समर्थन फिर्ता लिएपछि सरकारको बहुमत गुमेको छ ।