images

महिला टी–ट्वान्टी : हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन

काठमाडौं । नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन भएको छ ।

फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन भएको हो ।

नेपालले हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल सुचारु हुन नसक्दा नेपाल विजयी भएको हो ।

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो । नेपालकी इन्दु बर्माले १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ रन बनाएकी थिईन् । नेपालले ओपनर काजोल श्रेष्ठ पहिलो बलमै गुमाएको थियो ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । हङकङकी कप्तान केरी चानले २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १र१ विकेट लिएका थिए ।