images
images

माग सम्बोधन नभए जेठदेखि फोहोर फाल्न रोक लगाउने चेतावनी

काठमाडौं । बैशाखसम्म आफ्नो माग सम्बोधन नभएमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको दिइएको छ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आफ्नो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो।

सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्राचारमार्फत उक्त चेतावनी दिएको हो।