images

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा जारी बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि पनि ‘तपाईँलाई साधारण सदस्यबाट पनि निलम्बन किन नगर्ने ?’ भनेर रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ दिँदै ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै प्रश्न उठाएका थिए । उल्टै सभापति लामिछानेको राजीनामा माग्दै जवाफ फर्काएपछि पार्टीबाट हटाउनुअघि अन्तिम पटक स्पष्टीकरण सोधेको हो ।

यता, रास्वपा स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । उनका अनुसार, बुधवारको बैठकमा केही सदस्यले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेका थिए । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मङ्सिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ ।