images

मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको नेकपा एसको निष्कर्ष

काठमाडौं। नेकपा एकीकृत समाजवादीले मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको निष्कर्ष निकालेको छ ।अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशिका जारी गर्दै लोकतान्त्रिक स्थीरताका साथ मुलुक समृद्धि र समाजवादतर्फ अगाडि बढ्ने विश्वासिलो आधार अहिलेसम्म पनि पुनस्थापित हुन नसकेको बताएका छन् ।

अपानिमा राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेको, आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको तथा भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको उल्लेख छ । यहि मौकामा दक्षिणपन्थी–पुनरुत्थानवादी शक्तिहरुले संविधान, राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यहरुमाथि औँला उठाउन थालेका छन् एकीकृत समाजवादीको निष्कर्ष छ ।

मुलुकमा भूराजनीतिक दबाब बढ्दै गएको र राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्रहरु हुँदै गरेका आशङ्काहरु बढ्न थालेको बारे निर्देशिकामा उल्लेख छ । त्यस्तै एकीकृत समाजवादीले नेपाली कांग्रेस उदारवादी राजनीतिक शक्ति भएको हुँदा आजको संकटलाई सामना गर्ने वैचारिक सामर्थ उसँग पनि नभएको निष्कर्ष निकालेको छ ।

त्यस्तै एमाले वामपन्थी जनमत भएको ठूलो पार्टी भए पनि संसद विघटनपछि त्यसको नेतृत्वमा झन् बढि वैचारिक, सैद्धान्तिक र साङ्ठानिक समस्याहरुमा जेलिँदै गएका उसको दाबी छ । कतिपय सैद्धान्तिक कारणले नेकपा माओवादी केन्द्रले पनि अहिलेको राजनीतिमा हस्तक्षेप गर्ने गरी एक्लै पहलकदमी लिन नसक्ने एकीकृत समाजवादीको ठहर छ ।