![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2024/09/aryal.jpg?fit=1200%2C675)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् । उनले सरकारले प्रतिशोध साँधेर पार्टी सभापति रवि लामिछानेमाथि रवैया देखाएको आरोप लगाए ।
उनले चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिए । ‘एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसममको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुटो मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस्’ उनले भने ।
सांसद अर्यालले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न माग गरे ।
उनले भने– ‘प्रतिनिध सभाको नियमावली २०७९ को नियम १४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहन्छु । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्वन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्वन तत्काल फुकुवा गर्न मान्य सभामुख महोदयसँग् माग गर्दछु ।’