काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ।
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ। बैठक शुक्रबार धुम्बाराहीस्थित एक बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुनेछ।


स्पेस समाचार






