images

राष्ट्रिय सभाको अध्यक्ष चयन गर्न मतदान प्रक्रिया जारी

काठमाडौं– राष्ट्रिय सभाको अध्यक्षका लागि मतदान प्रक्रिया जारी रहेको छ ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ ।

सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । नेपाली राजनीतिमा लामो समय संघर्ष गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अध्यक्षका लागि योग्य रहेको बताउँदै मत मागेका छन् ।

उनले भने – ‘राजनीतिमा स्थिरता भएन भने मुलुकले पनि स्थिरता पाउन गाह्रो पर्छ । त्यसलाई हामीले बिर्सनु हुँदैन । भनिन्छ, सरकार सरकारको हुन्छ । सदन प्रतिपक्षको हुन्छ । हाम्रो उम्मेदवार प्रतिपक्षको हुनुहुन्छ । सबै माननीय साथीहरुले हाम्रो उम्मेदवारलाई मत गर्नुहुन्छ भन्ने विश्वासका साथ मत माग्न चाहिराखेको छु । आगामी दिनमा मुलुकमा स्थिरता आओस् र हामीले गठबन्धन गर्ने बाध्यता नै छ । गठबन्धन नगरी सरकार बन्न सक्दैन । त्यसलाई स्थायित्व पनि दिनुपर्छ । हाम्रो सुचक राम्रो गइराखेको छैन ।’

उनले देशमा गठबन्धनको सुचक राम्रो नभएको भन्दै यसले आगामी दिनमा नराम्रो स्थिति ल्याउने पनि बताएका छन् ।