
काठमाडौं– राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।
मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।
निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् ।
दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।