images

रास्वपाले जनमतकी उम्मेदवार झालाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।

रास्वपाले औपचारिक निर्णय नगरे पनि झालाई मत दिन पार्टीका सांसदहरू एक ठाउँमा उभिएका हुन् ।

रास्वपाका एक नेतालेका अनुसार पार्टीको औपचारिक निर्णय नभएपनि सांसदहरूको छलफलमा झालाई मत दिने सहमति भएको हो ।

यसअघि रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडैललाई मत दिएको थियो । राप्रपाका १९ जना सांसद छन् ।

उपराष्ट्रपतिका लागि जनमतकी ममतासँगै सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।