images

रास्वपा सभापति लामिछानेलाइ बिहीबार अदालतमा उपस्थित हुनेगरी परिवारको जिम्मा लगाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ आज बिहान १० बजे अदालतमा उपस्थित हुनेगरी परिवारको जिम्मा लगाइएको छ ।

अदालतले लामिछानेकी श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा रिहाइ गर्ने आदेश दिएको हो । रुपन्देही जिल्ला अदालतमा (रास्वपा) सभापति लामिछानेको बयान भएको थियो । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि बिहीबार बहस हुने भएको छ ।

लामिछानेलाई भोलि बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाउने आदेश भएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिएका छन् । बिहीबार सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि रवि लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।

बुधबार बिहान अदालतमा हाजिर भएका लामिछानेको मुद्दा अदालतले गरेको गोलाप्रथामा ५ नम्बर इजलासमा परेको थियो । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध परेको थियो। नारायणबहादुर पहराई सहितका सहकारी पीडितले दिएको जाहेरीका आधारमा बुधबार रवि अदालत हाजिर भएका हुन् ।