images

लिपुलेक, लिम्पियाधुरा लगायतको भूमी फिर्ता ल्याउन सरकार दृढ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र कुटनीतिमार्फत भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्न नेपाल सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जावाप दिँदै ओलीले लिपुलेक, लिम्पियाधुरा लगायत नेपालको नक्शामा समेटिएको भूमी फिर्ता ल्याउनका सरकार दृढतापूर्वक अघि बढिरहेको बताए ।

सुगौली सन्धि, विभिन्न नक्शा, ऐतिहासिक तथ्य तथा प्रमाण समेतको आधारमा सीमा समस्यालाई भारत सरकारसँग वार्ता र कुटनीतिमार्फत समाधान गर्ने ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले एमसीसी परियोजना अन्तर्गतका कामहरु तोकिएकै समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको दाबी पनि गरे । सम्झौता अनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडी बढेको उनको भनाइ छ ।

त्यस्तै आलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल गर्ने पनि बताए । संविधान संशोधन लहडको विषय नभएको भन्दै ओलीले समयको माग र देशको आवश्यकताको लागि संविधान संशोधन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवद्र्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गरिने पनि बताए । त्यस्तै उनले त्रिशुली नदीमा यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी पनि दिए ।