images

लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको टोली लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । सम्झौतापत्रमा लुम्बिनीका लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा लुम्बिनीका ब्रान्ड एम्बासडर राजेश हमाल, लुम्बिनीका कप्तान रोहितकुमार पौडेल सहित अन्य खेलाडीहरू पनि उपस्थित थिए । साथै कार्यक्रममा एनसेल अङ्कित लुम्बिनी लायन्सको जर्सी पनि सार्वजनिक भएको छ ।