images

वन डढेलो नियन्त्रणमा सरकारी प्रयास नै कर्मकाण्डी (भिडियोसहित)

काठमाडौं नेपाल जैविक विविधताले धनी देश हो तर बढ्दो वन डढेलोका घटनाले वातावरणीय संकट निम्त्याइरहेको विश्वको २५ औँ तथा एशियाको ११ औँ जैविक विविधतायुक्त राष्ट्र नेपालमा कुल भूभागको ४५.३१ प्रतिशत भूभाग वनले ढाकेको तर वन डढेलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसक्दा वन क्षेत्र बरदानभन्दा अभिशाप बन्दै गएको चिन्ता विज्ञहरूले व्यक्त गरेका छन् सन् २०२४ मा नेपालमा मात्रै ५२०५ वटा वन डढेलोका घटनाहरू भएका छन् जसले ७४ जिल्लालाई प्रत्यक्ष प्रभावित पारेको पछिल्लो १५ वर्षको तथ्याङ्क अध्ययन गर्दा वन डढेलोका घटनाहरू दोब्बरभन्दा बढीले वृद्धि भएको पाइन्छ वन क्षेत्रमा सुकेको जैविक पदार्थको संकलन नहुनु मानव लापरबाही जस्ता कारणले डढेलोको घटनाहरू निरन्तर रूपमा बढिरहेका छन्

वन डढेलो नियन्त्रण गर्न सरकार, सुरक्षा निकाय विभिन्न संघसंस्थाहरूले पहल गरिरहेका भएपनि परिणाममुखी काम भने हुन सकेको छैन गत माघ महिनामा मात्रै ११० वटा वन डढेलोका घटनाहरू भएका छन् जसबाट मुलुकका २३ जिल्ला प्रभावित भएका छन् त्यस्तै सन् २०२४ मा मात्रै ७४ जिल्लामा हजार सय आगलागी तथा वन डढेलोका घटनाहरू भएको सरकारी तथ्यांकले देखाएको नेपालमा वन डढेलोको कारण औषत रूपमा वार्षिक जनाको मृत्यु, जना घाइते, ९१ वटा घर गोठ नष्ट हुने गरेको प्राधिकरणको तथ्यांक   .. २०६१/६२ देखि २०८०/८१ सम्म आगलागी १४३ जनाको मृत्यु, १४० जना घाइते भएका छन् भने हजार २७१ वटा घर गोठ जलेर नष्ट भएका छन् आगलागी तथा वन डढेलोका घटनाहरू बढ्नुका अनेक प्राकृतिक कारण भएपनि परम्परागत सोचका कारण मान्छेले घाँसे जमिन जंगलमा आगो झोस्दा अधिकांश डढेलाका घटनाहरू भएको देखिन्छ

वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक धनञ्जय लामिछानेले वन डढेलो नियन्त्रणका लागि बनाइएको वन ऐन नियमावली पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन् डढेलो नियन्त्रणभन्दा बाहिर गएर विपद्को अवस्थामा पुगे नेपाल सरकारका सम्बन्धित निकाय, समुदाय स्थानीयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनको जोड स्थानीय स्तरमा जनशक्ति नहुनु सानो आगलागीका घटनाका लागि समेत सुरक्षा मन्त्रालयको मुख ताक्ने प्रवृत्ति रहेको उनको भनाइ

वन डढेलो फैलिनुको अर्को प्रमुख कारण वनभित्र थुप्रिएका सुकेका रुखहरू पनि रहेको विज्ञहरूले बताएका छन्   पहाडमा जनसंख्या कम भएर पनि वन क्षेत्र बढ्दै गएको , जसले गर्दा घरायसी दाउराको प्रयोग घटेको यसले गर्दा वनमा स्याउला सुकेका रुखको मात्रा बढेर डढेलो फैलन सहयोग पुगेको वन डढेलो आगलागीका घटना न्यूनीकरण व्यवस्थापन प्रतिकार्यको लागि नेपाल सरकारसँग नीत, ऐनकानून नियमावलीको कमी छैन तर डढेलो न्यूनीकरणका लागि तीन सरकारले छुट्याउने बजेट कर्मकाण्डी हुँदा हरेक वर्ष क्षति व्यहोर्नु परिरहेको