images

शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले शिक्षामा ठीक ढंगले लगानी गरे मात्र विकास र समृद्धिको जग बसाल्न सकिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको स्मरण गर्दै नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । फरक प्रसंगमा प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको भन्दै आफ्नो तेस्रो कार्यकालको जिम्मेवारी पछि मन्त्रिपरिषदको पहिलो बैठकबाट अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको दावी गर्नुभयो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएको भन्दै आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त हुनुले जिम्मेवारी र चुनौति थपिएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग लगायतले सम्बोधन गरेका थिए ।