images

शीर्ष नेताहरूबिच भेट, लामो समय संवैधानिक निकाय रिक्त नराख्न प्रचण्डको सुझाव 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को जटिलता फुकाउन प्रमुख सत्ता साझेदार र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।
बिहीबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकका लागि परामर्शका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । उनले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रवार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन भनेका हुन् ।
साथै तीन शीर्ष नेताको भेटवार्तामा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बुझिएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधवार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।