images

संखुवासभाको उम्लिङबाट धरान जाँदै गरेको बोलेरो दुर्घटना

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङबाट धरान जाँदै गरेको बोलेरो दुर्घटना भएको छ।

उम्लिङबाट धरान जाँदै गरेको बोलेरो धनकुटाको फोक्लेन टापुमा दुर्घटना भएको हो।

गाडीमा सवार २ जना घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको छ। बोलेरोमा चालक सहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।