images

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्न सञ्चारमाध्यमलाई सञ्चार मन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया सङ्ग्रहालय शुभारम्भ गर्दै उनले देशमा सुशासनको अभाव रहेको बताएका हुन् ।

मन्त्री गुरुङले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठुलो समस्या सुशासनको अभाव रहेको बताउँदै सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको जिकिर गरे । भ्रष्टाचार, बिचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ ।

मन्त्री गुरुङले सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गरेका छन् ।