images

 सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं– संवैधानिक परिषद्को बैठक सकिए लगत्तै सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् ।

 

पछिल्लो समय गठबन्धन दलबिच गठबन्धन भत्किने हल्लापछि सत्तारुढ दलहरूको बैठक बस्नुलाई रणनीतिक रूपमा हेरिएको छ । प्रतिनिधि सभाको बैठक पनि ११ बजेका लागि तय गरिएको भए पनि अहिलेसम्म बस्न सकिरहेको छैन ।