images

सरकार र संसद्लाई प्रभावकारी बनाउने सत्ता गठबन्धन बैठकको निर्णय

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूसहितको बैठकले सरकार र संसद् दुवैलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा करिब २ घण्टा बसेको बैठकले सरकार र सदन दुवैलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।

सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले छलफलबाट न्यूनतम साझा कार्यक्रमबारे निर्णय गर्ने भनिएको थियो । तर सोमबारको बैठकमा यस विषयमा सत्तारुढ दलहरूले कुनै निर्णय गरेन। उनले संसद् र सरकारको प्रभावकारिता बैठकको मुख्य विषय बनेको बताएका छन् । बर्तौलाले बैठकमा सरकारबारे प्रश्न उठाउने, घेराबन्दी सिर्जना गर्न खोज्ने, जनतामा भ्रम फैल्याउने गरी भइरहेको कोसिस चिर्ने गरी छलफल भएको जानकारी दिएका छन् ।

त्यसै गरी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले न्यूनतम साझा कार्यक्रम सात बुँदे सहमतिकै आधारमा आउने बताएका छन् ।