images

सांसद सुमना श्रेष्ठले उठाइन् प्रधानमन्त्रीको कार्यक्षमता र नियतमाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताएका हुन् ।
सांसद श्रेष्ठले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको उल्लेख गरे । उनले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको टिप्पणी गरेका छन् । सांसद श्रेष्ठले शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिको रूपमा प्रधानमन्त्री बोल्दै हिँडेको भन्दै त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुनुमा प्रधानमन्त्रीको कार्य क्षमतामा प्रश्न उठेको बताउनु भयो । बताएका छन् । 
उनले भनिन् –  ‘त्रिभुवन विश्वविद्यालयमा कुट्ने लहर चलेको छ । धम्क्याउने लहर चलेको छ । राजीनामाको लहर चलेको छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्ने परिस्थिति भएन भनेर उपकुलपतिले राजीनामा गरेको धेरै भएको छैन । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुन्डाहरूले फोन गरेर धम्क्याए भनेर त्यो पनि एउटा विभागीय प्रमुखको पदको लागि । यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो । तर यो त्यतिमा मात्रै सीमित रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विभाग भएका विश्वविद्यालयका कुलपतिको प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री । दुई वटा ठुला दलको भ्रातृ सङ्गठन, प्रशासनिक सङ्गठन, प्राध्यापकको सङ्गठनले जर्जर बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को ? प्रधानमन्त्री । साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मूकदर्शक भए । त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ । राजनीति चाहिन्छ । शिक्षकले राजनीति गर्नुपर्छ । प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही । टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? बताइदिनुप¥यो । मैले यसमा सरकार, कुलपति र उपकुलपतिको गम्भीर ध्यानाकर्षण गराएँ ।’
उनले शिक्षालयमा राजनीति पस्न दिनु नहुने बताएकी छन् ।