images

साफ यु-२० च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । काठमाडौंमा अगस्ट १८ देखि २८ सम्म हुने साफ यु–२० च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले शनिवार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्कासँग अगस्ट १८ मा खेल्ने छ । यस्तै नेपालले बङ्गलादेशसँग अगस्ट २२ मा खेल्ने छ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ए मा नेपाल, श्रीलङ्का र बङ्गलादेश छन् । समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् ।