images

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं। सुनको भाउ हालसम्मकै उच्च भएको छ। सोमबार सुन तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

सुनको भाउ हिजोको तुलनामा आज पाँच सय रुपैयाँले बढेको हो । आइतबार सुन तोलामा १ लाख १६ हजार ९ सय रुपैयामा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदी पनि भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। ।