
काठमाण्डौ । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा चार सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।