images

सुनको मूल्यमा कीर्तिमान, तोलाको एक लाख ६० हजार पुग्यो

काठमाडौं । सुनको मूल्य तोलामा एक लाख ६० हजार रुपैयाँ नाघेको छ ।

मूल्य बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ । सुनको मूल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलाको एक लाख ५९ हजार सात सय रुपैयाँ थियो । हिजोको तुलनामा मूल्य तोलामा सात सय रुपैयाँले बढेको हो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार चाँदीको भाउ तोलामा एक हजार नौ सय १५ रुपैयाँ रहेको थियो ।