![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/08/rukmina-subba.jpg?fit=1100%2C550)
काठमाडौं । एक सय क्विटल सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ ।
उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।
घाँटीको क्यान्सरबाट पीडित रुक्मिनालाई उपचारका लागि रिहा गरिएको हो ।
किमो थेरापी गरिरहेकी उनलाई सफाइ भने दिइ नसकिएको अधिकारीले बताए । उनी सुन ओसारपसारमा संलग्न भएको वा नभएको टुंगो छैन ।