images
images

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने खस्कियो

काठमाण्डौ । बुधबार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६६ विन्दुमा पुगेको छ ।

शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट दुई सय ६१ वटा कम्पनीका ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । बजार बढे पनि कारोबार रकममा पनि निकै कमी आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको पाँच करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तको शेयर १० प्रतिशत र सिद्धार्थ इन्सुरेन्सको शेयर आठ प्रतिशतले बढेको छ । सगरमाथा इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।