images

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयो, भोलि बिहानदेखि पोस्टमार्टम

काठमाडौं । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।

मृतकको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने भएको छ ।

सुरक्षा टोलीले शव सङ्कलन गरेर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । बुधवार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्य चौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् । हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।