images

२० औँ एसियाली कराँते च्याम्पियनसिपमा एरिकालाई रजत पदक

काठमाडौं । २० औँ एसियाली कराँते च्याम्पियनसिपमा कराँते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

चीनमा आइतबार सम्पन्न ६८ किलोग्राम माथिको तौल समूहको फाइनलमा एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भइन् ।

एरिका भियतनामकी एनगोवान नुगेनसँग पराजित भए पनि उनले जितेको रजत पदक नेपालको लागि ऐतिहासिक पदक हो । तर उनले स्वर्णपदक जित्ने ठुलो मौका गुमाएकी छिन् ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो ।