
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हालै जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले देशव्यापी रूपमा ठूलो प्रभाव पारेको थियो, जसमा ७४ जनाको दुखद निधन भएको थिया,े भने सयौं मानिस घाइते भएका थिए । यस आन्दोलनको परिणामस्वरूप तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारमा खरेल सञ्चारमन्त्रीको रूपमा नियुक्त भएका हुन् ।
मन्त्री नियुक्त भएको केही दिनभित्रै खरेलले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । भेटका क्रममा उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा मन्त्री खरेलले जेनजी आन्दोलनका मागहरूलाई सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको र सोही दिशामा काम गर्ने विश्वास दिलाए ।