ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

३२ हजार कर्मचारी घरका न घाटका

३२ हजार कर्मचारी घरका न घाटका

स्पेस संवाददाता

काठमाडौं, २० बैसाख ।

देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ ।

उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको जवाफ यस्तो छ, करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ । हामीलाई होइन ।

तर, करार कर्मचारीले सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् । समाचारमा लेखिएको छ, उनीहरुले आफूहरुलाई तत्काल स्थायी गरिनुपर्ने माग गरेका छन् ।