images
images

‘सिम्ता दरा’ विमोचन

सुर्खेत, १७ असोज । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले म्युजिक भिडियो ‘सिम्ता दरा’ बजारमा ल्याउनुभएको छ । सिम्ता क्षेत्रको कला–संस्कृति र प्राकृतिक सुन्दरता समेटिएको उक्त एल्बम आज कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले विमोचन गरेका हुन. ।

मन्त्री रावलले कर्णाली कला, भाषा र संस्कृतिको खानी भएको बताए । “सिम्ता क्षेत्रमा मात्रै नभई कर्णालीमा पर्याप्त सांस्कृतिक, ऐतिहासिक धरोहर छन्”, उनले भने, “ती धरोहरको आफ्नो क्षेत्रबाट प्रचारप्रसार एवं प्रर्वद्धन गरौँ, मौलिक कला संस्कृतिको जर्गेना गर्न सकेमात्र पर्यटन विकासमा टेवा पुग्छ ।”

नेपाल भाषाको उत्पत्ति भएको स्थान जुम्लाको सिञ्जालाई प्रवद्र्धन गर्न यसै वर्ष विश्व भाषा सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको उनले बताए । “यसले विश्वमा रहेका नेपाली भाषीलाई कर्णालीमा आमन्त्रण गरी आफ्नो भाषाप्रति गौरव बढाउन मद्दत पु¥याउने हाम्रो विश्वास छ”, मन्त्री रावलले भने ।

वरिष्ठ रङ्गकर्मी प्रेमदेव गिरीले स्रष्टा ज्यान, सर्जक प्राण तथा पत्रकार जीवन भएको बताउँदै सामूहिक प्रयासबाट मौलिक कलासंस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्नुभयो । एल्बमका निर्माता एवं सिम्ता गाउँपालिकाका अध्यक्ष केसीले सिम्ता क्षेत्रको पर्यटन प्रवद्र्धनकै लागि व्यक्तिगत खर्चमा म्युजिक भिडियो निर्माण गरेको जानकारी दिए ।

एल्बममा सिम्ता क्षेत्रको पहिचानका रूपमा रहेको सिङ्गारु र टप्पा नाच, पर्यटकीयस्थल कोटको थुम्को, भेरी नदीका दृश्य समेटिएका छन् । शिव सङ्गीत र टीका पुनको स्वर तथा टीकाराम चपाईंको शब्द रचना रहेको म्युजिक भिडियोमा दीपासा विसी र अमित रानाले अभिनय गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS