images
images

‘बाबुराम भट्टराई र उपेन्द्रको लाइन एउटै छ कुनै विवाद छैन’

काठमाडौं, ८ मंसिर । सरकार छाड्ने र नछाड्ने विषयमा समाजवादी पार्टीभित्र दुई अध्यक्षबीच मतान्तर रहेको कुरालाई सो पार्टीले खण्डन गरेको छ । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई सरकार छाड्ने पक्षमा छन् भने सो पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव छाड्न नहुने पक्षमा छन् ।

शनिबार राती अबेरसम्म बसेको पार्टी पदाधिकारीको बैठकपछि पार्टी तत्काल सरकार नछाड्ने निष्कर्षमा पुगेको थियो । सरकार छाड्नुभन्दा पहिले एकपटक सरकारसँग गम्भीर वार्ता गर्ने र त्यसपछि पनि कुरा मिलेन भने सरकार छाड्ने भनेर यादवले ‘भट्टराई’लाई कन्भिन्स गरेका थिए । ‘बाहिर बाबुराम र उपेन्द्रको फरक–फरक लाइन छ – एउटा सरकार छोड्ने, अर्कोको बस्ने भन्ने हल्ला छ । तर, त्यसमा कुनै सत्यता छैन,’ प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डे भन्छन् ।

उनले भने, ‘बाबुराम भट्टराई र उपेन्द्रको लाइन एउटै छ – एकपटक संविधान संशोधनका लागि अन्तिम कोसिस गर्ने नभए सरकारबाट बाहिरिने । वार्ताबाटै समस्या समाधान भयो भने सबैको हितमा हुन्छ ।’ वार्ताको माध्यमबाट समस्या समाधान नभए सरकारबाट बाहिरिने र सडक संघर्ष गर्ने कुरामा दुई अध्यक्षको एकमत रहेको उनले दावी गरे ।

उपप्रमुख विश्वदीप पाण्डेले भने, ‘सकभर आन्दोलनमा जान नपरोस् भन्ने हो । सडकमा जान पर्यो भने सडकको तागत कति हुन्छ भन्ने सरकारको नेतृत्व गर्नेले नबुझ्ने कुरै भएन ।’ सरकारमा रहने नरहने भन्ने कुरा प्राविधिक मात्रै भएको बताउँदै उनले अरु मुद्दागत कुराले यसको निर्धारण गर्ने जिकिर गरे । उनले पार्टीले गठन गरेको वार्ता समितिसँग वार्ता शुरु भएपछि सरकार र पार्टीको अगामी सम्बन्ध कस्तो हुने भनि तय गर्ने जानकारी दिए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS